बैशाख २५, २०८१, मंगलबार
               

संशोधनको पक्षमा मत हाल्न समाजवादी पार्टीको ह्विप

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वमा रहेको समाजवादी पार्टीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने संविधान संशोधनको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ । विहान बसेको संसदिय दलको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय जनता पार्टीसंग एकताभएपनि संसदमा सो दलले एकैदलको मान्यता पाएको छैन । उनीहरुको छ्ट्टाछ्ट्टै संसदिय दल रहेको छ ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि सोही नक्सा निशान छापमा राख्न संविधान संशोधन प्रक्रिया अगाडि बढाएको छ । समाजवादी पार्टीकै सांसद सरिता गिरीले सरकारले ल्याएको संविधान संशोधनको विपक्षमा संशोधन दर्ता गराएकी थिइन् । ह्विप जारी भएसँगै दलीय निर्णयको विपक्षमा जाने सांसदहरूलाई राजनीतिक दलसम्बन्धी कानुनमा टेकेर कारबाही हुन्छ । त्यस्तो कारबाहीमा सांसद पदबाट हटाउनेसम्म हुनसक्छ ।


कस्तो लाग्यो ?

यो पनि