जेठ ०६, २०८१, आइतबार
               

आज नयाँ नक्साको संविधान संशोधन विधेयक पारित हुने

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । आज नयाँ नक्साको संविधान संशोधन विधेयक पारित हुने भएको छ । आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकबाट नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित हुने भएको हो ।

दिउँसो १ बजे बस्ने उक्त बैठकमा संविधान संशोधन विधेयक पारित हुने कार्यसूची तयार भएको छ। सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको छ ।

सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ ।  जनता समाजवादी समाजवादी पार्टीकी सांसद सरिता गिरीले मात्र विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेकी छन् । त्यो संशोधन विधेयकको मूल मर्म नै खारेजीमा केन्द्रीत छ । गिरिले राष्ट्रहित विपरितको संशोधन दर्ता गरेपछि सर्वत्र विरोध भैरहेको छ । 


 


कस्तो लाग्यो ?

यो पनि