बैशाख २१, २०८१, शुक्रबार
               

कोरोना संक्रमण नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई बनाइयो निष्क्रिय

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

काठमाडाैं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेतृत्व गरेको कोरोना संक्रमण नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई निष्क्रिय बनाइएको छ । 

कोरोना संक्रमण नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मध्ये सो समिति शुक्रबार निष्क्रिय बनाइएको हो । 

कोरोना संक्रमण नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई निष्क्रिय गरी सीसीएमसीलाई शक्तिशाली बनाइएको छ । 

यसअघि दुवै संयन्त्रको नेतृत्व रक्षामन्त्री ईश्वर पोखरलले नै गर्दै आएका थिए । 

धेरै संयन्त्र हुँदा काममा अलमल भएकाले सो सो संयन्त्र खारेज गरिएको बताइएको छ । 

शुक्रबार सीसीएमसीमा चारजना मन्त्री थपिएका छन् । 

सीसीएमसीमा थपिनेमा घनश्याम भुसाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई र ऊर्जामन्त्री वर्षमान पुन छन् । 

साथै, यसअघि छाउनीमा रहेको सीसीएमसीको कार्यालय बस्दै आएको सो संयन्त्रको बैठक शुक्रबार सिंहदरबारमा बसेको छ । 

यसअघि सीसीएमसी र स्वास्थ्य मन्त्रालयबीच निकै किचलो हुँदै आएको थियो । 

सीसीएमसीले यसअघि सरकारको जनस्वास्थ्य संकटकाल घोषण गर्ने कार्यको विरोध गर्दै आएको थियो । 

यसका अलवा सरकारका कपितय कर्यहरु सीसीएमसीमा गएर अड्किएका थिए । जसका कारण सीसीएमसीमा सेना हाबी भयो भनी नेपाली सेनाको आलोचना हुँदै आएको थियो । 

यो पनि