जेठ ०६, २०८१, आइतबार
               

सरकार शान्तिपूर्ण प्रदर्शनविरुद्ध उत्रेको जसपाको आरोप

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाएका छन् । 

शुक्रबार एक विज्ञप्ति निकाल्दै सो पार्टीले शुक्रबार यस्तो आरोप लगाएको हो । 

‘जनताको आवाज नसुनी हेपाहा प्रवृत्ति देखाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना महामारी नियन्त्रण गर्न पूर्ण असफल सिद्ध भएको छ, सरकारका असफलताविरुद्ध व्यापक जनप्रदर्शनहरू भइरहेका छन् ।’ 

सो विज्ञप्तिमार्फत अध्यक्षद्वयले सरकारले जनताका आवाज सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई शान्तिपूर्ण जनप्रदर्शनमाथि दमन गरेकोमा यस्ता कार्यलाई बन्द गरी जनताका न्यायोजित आवाज तुरुन्त सम्बोधन गर्नुपर्ने बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि