काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश गरेकाले संक्रमण व्यवस्थापन गर्न गाह्रो भएको बताएका छन् ।
शुक्रबार बाल अस्पतालको ई–टिकेटिङ एप सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताएका हुन् ।
पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनलाई लक्षित गर्दै मन्त्री ढकालले यस्तो बताएका हुन् ।
पछिल्लो समय कोरोनामा राजजनीति प्रवेश गरेकाले कोरोनासँग लड्न असहज भएको बताउँदै उनले राजनीतिक कोरोनासँग लड्न विश्वको भन्दा फरक मोडालिटीमा प्रवेशको तयारी भइरहेको बताए ।
साथै, उनले अन्य देशमा राजनीतिक विमति र सरकारको आलोचना भए पनि कोरोनाविरुद्ध कसरी लड्ने भनी काम भए पनि नेपालमा त्यसो हुन नसकेको बताए ।
उनले भने, ‘पछिल्लो एक दुई दिनका घटना हेर्दा नेपालमा कोरोनामा राजनीति प्रवेश भएको छ ।’