जेठ ०५, २०८१, शनिबार
               

प्रदर्शनकारीलाई दिए कांग्रेस नेताले साथ

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रदर्शनकारीलाई कांग्रेस एक जना ठूलै नेताले साथ दिएका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा भएका प्रदर्शनको साथ र समर्थन गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वटीटरमार्फत सरकारले आरडीटी र पीसीआरमा भ्रष्टाचार गरेको, राहत वितरणमा पनि भ्रष्टाचार गरेको क्वारेन्टाइनमा भ्रष्टाचार गरेको त्यस्तै चार्टर फ्लाइटमा पनि भ्रष्टचार गरेको आरोप लगाउँदै देशमा भएको प्रदर्शन भ्रष्टाचारविरुद्धको भएको भनेका छन् ।

त्यस्तै कोइरालाले भ्रष्टाचारको चाङमाथि उभिएको सरकार भन्दै प्रदर्शनकारीलाई बधाई पनि दिएका छन् । उनले लेखेका छन्, ‘बधाई स्वतस्फूर्त प्रदर्शनमा उत्रिएका ति युवाहरुलाई ।’

हिँजो सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग राख्दै देशका विभिन्न ठाउँमा जनताहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । 


 


कस्तो लाग्यो ?

यो पनि