काठमाडौं । सरकारले सीमा बारे प्रमाणहरु खोज्न विज्ञ समूह गठन गरेको छ।
सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाका अनुसार नेपाल–भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन गरिएकाे हाे ।
नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समूह गठन गरिएकाे सरकारका प्रवक्ता खतिवडाले बताए ।