जेठ ०८, २०८१, मंगलबार
               

उत्तर प्रदेशका मुख्यमन्त्री योगीनाथको अभिव्यक्ति  अपाच्य : प्रधानमन्त्री

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपाललाई नहेप्न आग्रह गरेका छन् । 

प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपाललाई नहेप्न स्मरण गराएका हुन् । 

योगीले केही दिनअघि भारतीय समाचार संस्थाहरुसँगको अन्तर्वार्तामा मुख्यमन्त्री योगीले नेपाललाई तिब्बतले जस्तै गल्ती नदोहोर्‍याउन भन्दै नेपाललाई चेतावनी दिएका थिए ।

प्रधानमन्त्री ओलीले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको सो अभिव्यक्ति निन्दनीय र आलोच्य भएको पनि बताएका छन् । 

साथै, योगी आदित्यनाथ भारतको केन्द्रीय सरकारको निर्णायक व्यक्ति नभएको बताउँदै भन्दै प्रधानमन्त्री ओलीले उनले मुख्यमन्त्रीका हिसाबले मात्र बोलेको भए आलोचनायोग्य अभिव्यक्ति भएको बताएका छन् । 

उनले भने, ‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यसरी बोल्नुभएको भए त्यो जायज होइन । यदि उहाँले नेपाललाई धम्काउन खोज्नु भएको हो भने उचित होइन,’ उनले भने, नेपाललाई धम्क्याउन खोज्नुभएको हो भने त्यो निन्दनीय विषय हो । त्यसलाई नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौँ । नेपाल हेपिन तयार छैन । हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।’

भारत र नेपाल दुई अलग राजनीतिक प्रतिष्ठान भए पनि दुवैको आत्मा एउटै रहेको भन्दै प्रधानमन्त्री ओलीले शताब्दीदेखिको सांस्कृतिक, ऐतिहासिक र पौराणिक सम्बन्ध बिर्सन नहुने बताएका थिए । 


कस्तो लाग्यो ?

यो पनि