जेठ ०८, २०८१, मंगलबार
               

प्रधानमन्त्रीले भने : ‘कोरोनाले मात्रै नेपालमा १५ जनाको ज्यान गएको हैन’

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको कारणबाट मात्रै नेपालमा १५ जनाको निधन नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले उनीहरुलाई पहिले नै कुनै रोगले च्यापेको कारण मृत्यु भएको बताए । 

कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण पाइएको समेत उल्लेख गर्न भ्याए । उनले अधिकांश भारतबाट आएकामा कोरोना संक्रमण देखिएको बताए । 

नेपालमा हालसम्म चार हजार ८५ जनामा कोरोना देखिएको बताउँदै उनले ५ सय जना निको भएर घर फर्किएको पनि बताए । विदेशमा रहेका १४ हजार ४ सय  जना नेपालमा कोरोना संक्रमण भएको र १३ मुलुकमा १ सय २७ नेपालीको मृत्यु भएको पनि प्रधानमन्त्रीले जानकारी गराए । 

अहिले नेपालमा निको भएर घर फर्कनेको संख्या राम्रो रहेको उनले उल्लेख गर्दै  दैनिक ५ हजार परीक्षण भइरहेको र स्वाव निकालेर परीक्षण गर्नुपर्ने संख्या ठूलो रहेकाले पीसीआर मेसिन, किटहरु विभिन्न देशबाट ल्याउन सरकारले पहल गरिरहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि