जेठ ०४, २०८१, शुक्रबार
               

लम्पियाधुरालगायत स्थानमा विकास निर्माणका काम भूमि फिर्ता भएपछि हुने परराष्ट्रमन्त्रीको भनाइ

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग विवादित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा प्रशासनिक, सुरक्षा र विकासका काम भूमि फिर्ता भएपछि हुने बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

उनले लिम्पियाधुरालगायत भूभाग आफ्नै भू–भाग आउन भारतीय भूमिको प्रयोग गर्ने बाध्यताको अन्त्य हुने बताए ।

सीमा समस्याबारे भारत र चीनबीच वार्ता भएको उल्लेख गर्दै उनले नेपाल र भारतबीच छिट्टै वार्ता हुने बताए । 

‘त्यस्तो तनावको बीचमा चीनसँग वार्ता हुन्छ,’ उनले भने नेपालसँग नहुनुपर्ने कारण छैन । ताकेता गरिरहेका छौँ । त्यसकारण अन्य विकल्पमा सोच बनाइरहेका छैनौँ । त्यो जरुरी पनि छैन,’ उनले भने । 

ज्ञवालीले नेपालले नयाँ अतिरिक्त भूमि नखोजेको बताउँदै सुगौली सन्धिअनुरुप कालीनदी सीमाभित्रको भूमि आफूले पाउने बताए । 

साथै, उनले प्रतिनिधिसमा नेपाली कांग्रेसका नेता प्रदीप गिरि र नेमकिपाका सांसद प्रेम सुवालले विदेशी दूतावास खारेज गर्न दिएको सुझावप्रति लक्षित गर्दै  परराष्ट्रमन्त्रीले दूतावासहरूले सम्बन्ध बढाइरहेकाले दूतावास खारेज गर्न नहुने बताएका छन् । 

‘खुम्चिएर काठमाडौं खाल्डोमा मात्रै बस्ने हो भने बेग्लै कुरा । बाहिर पनि संसार छ भन्ने हो भने पखेटा, कान चाहिएलान् ती भनेको दूतावास हो , उनले भने।

परराष्ट्र मन्त्रालयको बजेटमाथि टिप्पणी गर्ने क्रममा कांग्रेसका सांसद  र नेमकिपाका नेता क्रमशः  प्रदीप गिरि र प्रेम सुवालले अमेरिका, चीन र भारतमा मात्रै दूतावास राखेर अन्यत्र खारेज गर्न सुझाव दिँदै त्यसको पैसा एमसीसीअन्तर्गत बन्ने भनिएको परियोजनामा खर्च गर्न सुझाव दिएका थिए ।

यो पनि