जेठ ०६, २०८१, आइतबार
               

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन हुने

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । लकडाउनको मोडालिटी टुंगो लगाउनका लागि आज मन्त्रिपरिषद् बैठक बस्दैछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बस्ने बैठकले जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले मोडालिटी टुंगो नलगाएपछि मन्त्रिपरिषद बैठकबाटै टुंगो लगाउने बताइएको छ ।

जारी लकडाउन जेठ ३२ गते सकिँदैछ । लकडाउन नसकिँदै भोलि (बुधबार) देखि नै लागू हुनेगरी जोखिम र कम जोखिम क्षेत्रका आधारमा लकडाउनको मोडालिटी तय गर्ने तयारी छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो। सिसिएमसीसँग परस्पर बाँझिनेगरी उच्चस्तरीय समन्वय समितिले प्रस्ताव तयार गरेपछि निर्णय हुन सकेको छैन ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ। 

यो पनि