बैशाख २३, २०८१, आइतबार
               

भुसालले गिरिलाई यसरी पारे आश्वास्त

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कृषि मन्त्री घनश्याम भुसालले नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई लक्षित गर्दै आफू चक्रव्यूहमा नफस्ने कुरामा ढुक्क रहेको बताएका छन् । 

केही दिनअघि संसदमा नेपाली कांग्रेसका नेता प्रदीप गिरिले घनश्याम भुसालप्रति सहानुभूति राख्दै उनी पनि चक्रव्यूहमा फसेको भनी चिन्ता व्यक्त गरेका थिए ।

साथै, कांग्रेस नेता प्रदीप गिरिले माक्सवादका विद्धान् भुसाल मन्त्रीतन्त्रमा फसेको दाबी पनि गरेका थिए ।
गिरिको सो शुभेच्छालाई इंगित गर्दै भुसालले सोमबार संसदमा कृषिमन्त्री घनश्याम भुसालले भने, कृषि क्षेत्रको सुधार गर्ने प्रतिबद्धता गर्छु ।’

संसदमा कृषि मन्त्रालयको विनियोजित बजेटमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा भुसालले यस्तो बताएका हुन् । साथै, उनले कृषि क्षेत्रलाई सुधार गर्ने धेरै कार्यक्रम सुरु भइसकेको पनि बताएका छन् । 

गिरिले कृषिमन्त्री भुसाललाई लक्षित गर्दै महाभारतमा अभिमन्यु चक्रव्यूँहमा परेझैं कृषिमन्त्री घनश्याम भुसाल पनि तन्त्रमा फसेको टिप्पणी गरेका थिए । 

गिरिको सो टिप्पणीलाई भुसालले आफू चक्रव्युँहमा नपर्ने बताउँदै आफ्नो ढोका रोक्ने कोही जयद्रथ नभएको बताएका छन् । 

यो पनि