जेठ ०८, २०८१, मंगलबार
               

आगामी वर्षदेखि जनकपुर–जयनगर रेल चल्ने मन्त्री नेम्वाङको स्पष्टीकरण

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले अर्को वर्षदेखि जनकपुर जयनगर रेल चल्ने बताएका छन् ।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा सोमबार उनले यस्तो बताएका हुन् । 

मन्त्री नेम्वाङलाई कांग्रेस सांसद सञ्जयकुमार गौतमले तीन वर्षदेखि सुरुङ मार्ग, रेल मार्ग, जलमार्गको कुरा सुन्दै आए पनि केही उपलब्धि नभएको बताउँदै यसबारे स्पष्ट पारिदिन आग्रह गरेका थिए ।  

उनले रेलमार्ग र जलमार्गमा कति बजेट छुट्याउनुभएको छ भनी मन्त्रीलाई प्रश्न गरेका थिए ।

चालू आर्थिक वर्षमा रहेका योजनालाई निरन्तरता दिइएको बताउँदै उनले नयाँ योजना समेट्न बजेटले नसक्नुको कारण स्पष्टीकरण पारिदिन गाैतमले मन्त्रीसँग आग्रह गरेका थिए ।

गाैतमकाे जिज्ञासाकाे जवाफामा मन्त्री नेम्वाङले ८० वटा राजमार्गलाई निरन्तरता दिएको बताउँदै पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउन बजेट छुट्याइएको बताए ।

उनले बजेटले भौगोलिक सन्तुलन कायम गर्ने परम्पराको थालनी पनि गरेको बताए । 

खासगरी प्रत्येक निर्वाचन क्षेत्रमा १० करोडबराबरको खरिद प्रक्रिया अगाडि बढाउने र रणनीतिक सडकमा बजेट विनियोजन गरिएको जानकारी दिए । 

‘यस वर्ष प्रत्येक निर्वाचन क्षेत्रमा १० करोडबराबरको खरिद प्रक्रिया अगाडि बढ्नुका साथै निर्वाचन क्षेत्र रणनीतिक सडकमा बजेट विनियोजन गर्नुले भैगोलिक सन्तुलन कायम गर्ने परम्पराको थालनी गरिएको बताए । 

यो पनि