जेठ ०४, २०८१, शुक्रबार
               

बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले आज जवाफ दिने

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा आज बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने र विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेको छ।

संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्सहित २१ वटा मन्त्रालयको बजेटका बारेमा सांसदहरुले उठाएको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा सांसदहरुले पेस गरेको दुई दर्जन बढी खर्च कटौतीका प्रस्तावहरु निर्णयार्थ पेस गर्ने कार्यसूची  छ । मन्त्रीको जवाफ र खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेस भएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक निर्णयार्थ पेस गर्नेछन् ।

यस्तै, आर्थिक तथा राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव समेत पेस गर्ने कार्यसूची रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि