बैशाख २४, २०८१, सोमबार
               

जसपा निर्वाचन आयोगमा दर्ता

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी आयाेगमा दल दर्ता भएको हाे ।

वरियता विवादमा दर्ता प्रक्रिया लम्बिदै आएको जनता समाजवादीको विवाद मिलेसँगै निर्वाचन आयोगमा दर्ता भएको छ ।  सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ छ । पार्टीमा १ जना संघीय परिषद अध्यक्ष र २ जना केन्द्रीय परिषद अध्यक्ष रहने व्यवस्था गरिएकाे छ । संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई रहने छन् ।

पार्टीको चुनाव चिह्न छाता र झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको नै कायम हुने बताइएकाे छ । एकीकृत पार्टीको कार्यकारी समितिमा ५३, राजनीतिक समिति १ सय ५१ र केन्द्रीय समितिमा ७ सय १ जना रहने सहमति भएकाे एक नेताले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि