काठमाडौं । कारोना नियन्त्रणका लागि खर्च भएको सम्पूर्ण विवरण सार्वजनिक माग भएको छ ।
आइतबार राष्ट्रियसभामा बोल्दै कांग्रेसका नेता रमेशजंग रायमाझीले सरकारसँग यस्तो माग गरेका हुन् ।
‘सरकारले खर्च भयो भनेर मात्रै नपुग्ने भन्दै खर्चको विवरण जानतासामु सार्वजनिक गर्न माग गरोस्,’ उनले भने, ‘सरकारले अहिले कोरोनाको उपचारमा १० अर्बभन्दा बढी खर्च हुने अवस्थामा पुग्यो खर्च भइसक्यो भनेर जुन कुरा गरिरहेको छ ।’
हाम्रो सार्वजनिक खरिद ऐनले पाँच लाखभन्दा बढीको कुनै पनि आर्थिक कारोबार गर्दाखेरी त्यसलाई बोलपत्र आह्वानमार्फत गर्नुपर्ने व्यवस्था भएको स्मरण गराउँदै उनले यो कतिपल्ट कहाँकहाँ आह्वान गरियो र कसरी यसको कोरोनामा पैसा खर्च भयो त्यसको जानकारी नेपाली जनताले जान्न पाउने कि नपाउने भन्दै प्रश्न उठाए ।
‘यो सबैले जान्न पाउने कि नपाउने, खर्च भयो भनेर पुग्ने कि नपुग्ने। त्यसकारण पनि सरकारले जुन खर्च देखाएको छ। यो खर्चको विवरण फेहरिस्त रुपमा सार्वजनिक गर्न माग गर्छु,’ उनले भने, ‘१० अर्ब खर्च हुँदा स्वास्थ्यकर्मीसँग मास्क नहुने, पीपीई नहुने अवस्था अझै रहेको छ ।’
त्यस्तै, उनले आइसोलेसन सेन्टरको अवस्था पनि कमजोर हुनु र पीसीआर परीक्षण नगर्ने सरकारले कसरी १० अर्ब खर्च गर्यो भन्दै उनले प्रश्न उठाए ।
मान्छेको मृत्युपछि मात्रै कोरोना परीक्षण गर्ने र पोजेटिभ नतिजा सार्वजनिक गर्ने गरिएको आरोप लगाउँदै उनले मान्छेको मृत्यु हुन्छ अनि मात्र उसको कोरोनाबाट मृत्यु भएको भनेर पोजेटिभ रिजल्ट देखाइन्छ भन्दै असन्तुष्टि पोखे ।
साथै, उनले प्रविधका बारेमा प्रश्न गर्दै सो प्रविधि कहाँबाट भित्र्याइयो भन्दै असन्तुष्टि पोख्दै उनले सरकारले सहयोगस्वरूप पाएको स्वास्थ्य सामाग्रीहरु बजारमा कालोबजारीको हातमा पुर्याएको आरोप लगाए ।
उनले चीन भारत र एनआरएनएहरुले सहयोगमा दिएका सामग्री व्यापारीको हातमा पु¥याई बिक्री गर्न सरकरका मन्त्री र सचिव नै लागेको बताए ।