जेठ ०६, २०८१, आइतबार
               

जसपाको पहिलो वरियतामा महन्थ ठाकुर,  बाबुराम भट्टराई दोस्राे र उपेन्द्र यादव तेस्राे

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकाे वरियतामा सहमति जुटेको छ । 

पार्टीका तीन नेताहरु महन्थ ठाकुर, डा बाबुराम भट्टराई र उपेन्द्र यादवबीच आइतबार भएको छलफलबाट महन्थ ठाकुरलाई अध्यक्षसहितको पहिलो वरियता दिइएको छ ।

यस्तै डाक्टर बाबुराम भट्टराईलाई दोस्रो वरियता र  संघीय परिषद् अध्यक्ष दिने सहमति भएको छ । यस्तै तेस्रो वरियता सहित उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बन्नेछन् । यस्तै अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता हुँदा उनीहरुको वरियता क्रमशः चौथो र पाँचौ हुने सहमति बनेको पार्टी स्रोतले बताएको छ । 

यसअघि नेतृत्वको विषयमा विवाद रहँदा पार्टी दर्तामा ढिलाइ हुँदै आएको थियो । 
 


कस्तो लाग्यो ?

यो पनि