जेठ ०६, २०८१, आइतबार
               

जनता समाजवादी पार्टीमा नेतृत्वको लडाइँ

नेपाल फ्ल्यास
जेठ २४, २०७७

ADVERTISEMENT

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण घोषणा भएको ४४ दिन बित्दासमेत कसको नेतृत्वमा पार्टी दर्ता गराउने भन्ने विषयमा टुङ्गो लाग्न सकेको छैन ।

वैशाख १० गते एकीकरण घोषणा भए पनि त्यसयता एकीकरणका व्यवहारिक पक्षलाई टुंग्याउने दिशामा प्रभावकारी पहलकदमी हुन नसकेको हो ।

वैशाख ११ गते निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी गराइएको छ । निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता गराउनुपर्ने प्रावधान छ । जसअनुसार आइतबार ४५ दिन पुग्दैछ । आयोगमा आइतबारसम्ममा पार्टी दर्ता गराइसक्नुपर्छ ।

दुई दलबीच विभिन्न विषयमा कुरा नमिलेको कारण आइतबार आयोथमा दल दर्ता हुने कि नहुने भन्नेबारे अन्योल नै देखिन्छ । यद्यपि दुई दलको बीचमा केही दिनदेखि गम्भीर कुराकानी चलिरहेको छ । 

आइतबार पार्टी दर्ता गराउने गरी नेतृत्वको विषयमा टुङ्गो लगाउन दुई दलबीच शनिबार बैठक बस्दैछ । तत्कालीन राजपा नेपालको पार्टी कार्यालय बबरमहलमा बैठक बस्न लागेको हो ।

तत्कालीन राजपा नेपालका अध्यक्षमण्डलका एक सदस्यले भने, ‘आज जसरी पनि टुङ्गो लगाउनुपर्छ, टुङ्गो लगाउनुको अर्को कुनै विकल्प छैन, अरु कुराहरु मिलाउँदै जानुपर्छ, मुख्य रुपमा नेतृत्वमा कुरा मिलाएपछि पार्टी दर्ता हुन्छ ।’
पार्टीभित्र वरीयता क्रममा पहिलो नम्बरमा महन्थ ठाकुर, दोस्रो नम्बरमा डा.बाबुराम भट्टराई र तेस्रो नम्बरमा उपेन्द्र यादव रहने लगभग निश्चित भएको छ ।

यसमा राजपा नेपालका नेताहरु पनि सकारात्मक भइसकेका छन् । तर दुई दलमा रहेका अन्य नेताहरुलाई कसरी व्यवस्थापन गर्ने, अरु पदहरुमा कसलाई कहाँ राख्ने भन्ने विषयमा टुङ्गो लगाउन बाँकी छ ।

शुक्रबार दुईटा दलको छुट्टा छुट्टै बैठक बसेको थियो । बैठकपछि साँझ दुईटै दलको संयुक्त बैठक बसेको थियो । संयुक्त बैठकमा समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादवमात्र सहभागी थिए । उनले पार्टी एकीकरणको विषयलाई अगाडि बढाउने नै हो तर आफ्नो पार्टीमा कुरा नमिलेको कारण तत्काल अन्तिम रुप दिन नसकिने धारणा राखेका थिए ।


कस्तो लाग्यो ?

यो पनि