काठमाडौं । समाजवादी र राजपाका नेता नेतृत्व चयनमा जुटेका छन् ।
सरकारले दलसम्बन्धी विधेयक ल्याएसँगै समाजवादी पार्टी विभाज नजिक भएसँगै भएको राजपा र समाजवादी एकीकरणपश्चात नेतृत्व चयनका लागि जुटेका हुन् ।
यसअघि नवगठित जसपामा कुरा नमिल्दा नेतृत्व चयन हुन सकिरहेको थिएन ।
जसका कारण अहिलेसम्म पार्टी दर्ताको काम हुन सकिरहेको छैन ।
बुधबार बसेको दुवै पार्टीको संयुक्त बैठकमा नेतृत्व चयनमा केन्द्रित भई छलफल भइरहेको छ ।
नेतृत्वका लागि दुवै पक्षबीच कुरा नमिल्दा यतिखेर एकअर्कालाई हिलो छ्याप्ने काम भइरहेको छ ।
जसको समाधनका लागि राजपा नेपालका केही नेताले समान हैसियतमा एकीकरण हुने गरी सहमति गर्न दबाब दिएका छन् ।