बैशाख २७, २०८१, बिहीबार
               

स्रोत साधन र स्पष्ट मार्गदर्शनको अभावका कारण स्थानीय तहले काम गर्न नसकेको राप्रपाको ठहर

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । राप्रपाले स्रोत साधन र स्पष्ट मार्गदर्शनको अभावका कारण स्थानीय तहले प्रभावकारी रुपमा काम गर्न नसकेको बताएको छ । 

 राप्रपाका त्रयनेताले स्थानीय निकाय दलगत राजनीतिभन्दा माथि उठ्न नसकेको बताउँदै यस्ताे बताएका हुन् । 

यसका अलवा राप्रपाका तीनै अध्यक्ष पशुपतिशमशेर राणा, कमल थापा र डा.प्रकाशचन्द्र लोहनीले लकडाउनको समयको उपयोग गरेर सरकारले कोरोनाविरुद्ध औषधि उपलब्धि, भण्डारण र व्यवस्थापनमा लापरबाही गरेको भन्दै औषधि खरिदमा भएको भ्रष्टाचारले जनतामा निराशा र आक्रोश बढेर गएको जनाएका छन् ।

राप्रपाले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अपनाउनुपर्ने अन्य उपाय, योजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेकाले देश विकराल अवस्थाउन्मुख भएको बताएको छ ।  

क्वारेन्टिन र आइसोलेसनका व्यवस्थामा सरकारले बेवास्थाका कारण जनता पीडित भएको पनि उनीहरुले बताएका छन् । 

रोगको बढ्दो चापको परिप्रेक्षमा आउँदा दिनहरुमा सरकारीयन्त्र निरिह अवस्थामा पुग्ने र ठूलो जनधनको क्षति हुन सक्ने सम्भावना बढेको भन्दै उनीहरुले यसबारे सरकार बेखबर रहेको बताएका छन् । 
 

यो पनि