असोज ०६, २०८१, आइतबार
               

नेपालमा विभेद हुनु स्वाभाविक भएको गृहमन्त्री थापाको भनाइ

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले अमेरिकाजस्तो देशमा विभेद रहेको बताउँदै नेपालमा विभेद हुनु स्वाभाविक भएको संकेत गरेका छन् । 

‘अमेरिकाले पनि सकेको छैन । हामीले पनि सकेका छैनौं’ उनले भने ।

रुकुम पश्चिममा दलित युवकको हत्या भएको विषयमा संसदीय समितिमा जवाफ दिन पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले यस्तो संकेत गरेका हुन् । 

‘अमेरिकामा पनि विभेद दण्डनीय छ । लोकतन्त्रमा (अब्राहम) लिंकनको परिभाषा सर्वश्रेष्ठ मानिन्छ,’ उनले भने, ‘त्यही देशमा त्यही रुपमा लोकतन्त्र कार्यान्वयन भएको छैन ।’

नेपालमा पनि २०६२र६३ पछि राजनीतिक र कानूनी रुपमा विभेद अन्त्य गरेको स्मरण गर्दै वैचारिक र सैद्धान्तिक रुपमा अन्त्य हुन नसकेको गृहमन्त्री थापाले बताए । 

अमेरिकामा हालै अस्वेत नागरिक मारिएको विरोधमा देशभर  भएको प्रदर्शनलाई संकेत गर्दै उनले अमेरिका शक्तिशाली र लोकतन्त्रको प्रत्याभूति भएको देशमा पनि विभेद कायमै रहेको बताए । 

‘अमेरिका विश्वकै ठूलो शक्तिशाली लोकतन्त्रको प्रत्याभूति भएको देश मानिन्छ । नेपाल गरिब देशको सूचीमा पर्छ,’ उनले भने । 

साथै, उनले मार्टिन लुथर किङको हत्या भएको स्मरण गर्दै कनुननमा विभेदको अन्त्य भएको भए पनि पूर्ण कार्यान्यन भएको नभएको बताए ।

यो पनि