बैशाख ०६, २०८१, बिहीबार
               

सामुदायिक विद्यालय निजीलाई किन सुम्पिने भन्दै जंगिए श्रेष्ठ

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेकपाका सचिवालय सदस्य एवं राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले आक्रोश पोखेका छन् । 

बजेटमा सामुदायिक विद्यालयको गुणस्तर सुधार्न निजी विद्यालयलाई दिने व्यवस्था राखिएको भन्दै उनले आक्रोश पोखेका हुन् । 

‘शिक्षा मन्त्रीप्रतिलाई समेत थाहा नभएको विषय बजेटमा प¥यो भनी आश्चर्य प्रकट गर्दै सामुदायिक विद्यालय निजीलाई दिने विषयप्रति उनले प्रश्न उठाएका छन् । 

‘निजी विद्यालयलाई सामुदायिक विद्यालयहरुको गुणस्तर सुर्धान दिने भनेको के हो यो,’ श्रेष्ठले भने, ‘शिक्षा मन्त्रीलाई पनि सोधेँ उहाँलाई पनि थाहा रहेनछ ।’

उनले सासामुदायिक विद्यालय र क्याम्पसलाई गुणस्तरीय शिक्षाको मूल थलो बनाउने भन्ने दृष्टिकोण बजेटमा आएको प्रस्तावले प्रतिनिधित्व नगर्ने बताए । 

बिहीबार अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट वक्तव्यमा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्रीसहित शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरिएको छ।

साथै, उनले सांसद विकास कोष खारेज नभएकोप्रति पनि आपत्ति जनाएका छन् । 

यो पनि