जेठ ०५, २०८१, शनिबार
               

कांग्रेसद्वारा शोक व्यक्त

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । 

उनले पार्टीका महाधिवेशन प्रतिनिधि, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य रामसमझ चौधरीको निधनप्रति दुःख व्यक्त गरेका हुन् । 

सभापति देउवाले आइतबार एक शोक विज्ञप्तिमार्फत चौधरीको असामयिक निधनले दुःखित बनाएको उल्लेख गर्दै चौधरीको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्ता गुमाएको बताएका छन् । 

‘चौधरीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

देउवाले श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

५५ वर्षीय चौधरीको आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

स्व. चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । 
 


कस्तो लाग्यो ?

यो पनि