जेठ ०४, २०८१, शुक्रबार
               

‘बेजटमा सत्तारुढ दल एक देखिएन’

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडाैं । प्रतिनिधिसभामा सुरु भएको बजेटमाथिको सैद्धान्तिक छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र डा. मीनेन्द्र रिजालले आफ्नो धारणा राखेका छन् । 

दुवै नेताले सरकारले ल्याएको बजेट विगतका वर्षहरुमा झै औपचारिकता मात्र भएको बताएका छन् । 

नेता प्रकाशमान सिंहले बजेटमा उल्लेख गरिएको चार सय केभी क्षमताको अन्तरदेशीय प्रशारण लाइनको विषयमा नेकपाभित्रै समझदारी नदेखिएको बताउँदै कार्यान्वयनमा आशंका भएको उल्लेख गरेका छन् ।

त्यसैगरी अर्का नेता डा. रिजालले सरकारले संकटलाई अवसरमा  बदल्न खालको बजेट ल्याउन नसकेको बताएका छन् । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सत्तारुढ दलभित्रै समझदारी नदेखिएको बताएका छन् । 

उनले भने, ‘यो कत्तिको विश्वसनीय छ ? समाचारमा पाइरहेका छौँ,’ सत्ताधारी पार्टीले यसलाई अगाडि नबढाउने भनेको छ, उहाँहरु आफैँमा न्यूनतम रुपमा हुनुपर्ने समझदारी नभएर ल्याएको यो बजेट वक्तव्य कार्यान्वयनमा पनि यही नै फितलो हुनेछ ।’ 

कांग्रेस नेता सिंहले बलियो सरकारले लगातार तेस्रो पटक ल्याएको बजेट हेर्दा सरकारमा दम नदेखिएके टिप्पणी गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि