बैशाख २५, २०८१, मंगलबार
               

भारतसँगको सीमामा तारबार लगाउन माग

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सांसदहरुले व्यवस्थापिका संसद्मा नेपालको भूमिमा सडक बनाइ उद्घाटन गरेको भारतले यातायात सञ्चालनको तयारी गरिरहेको भन्दै त्यसलाई रोक्न आग्रह गरेका छन् । 

मानसरोबर जानका लागि भारतले सो सडकमा रुट परमिट दिएर सडक सञ्चालन गर्न लागेको सुन्नमा आएको बताउँदै उनीहरुले सरकारसँग यस्तो आग्रह गरेका हुन् ।

साथै, उनीहरुले भारतले सडक बनाएको क्षेत्रमा अन्य भौतिक संरचना बनाउने भएकाले त्यसलाई रोक्न सरकारसँग उनीहरुले आग्रह गरेका हुन् । 

नेकपा सांसदहरू बिनाकुमारी श्रेष्ठ, नेकपाकी सचेतक शान्ता चौधरी, सांसद सरिताकुमारी गिरीलगायतले कांग्रेसको निर्णयको स्वागत गरेका छन् । साथै, गिरीले भारतसँगको सीमामा तारबार लगाउन पनि माग गरेकी छिन् ।

यसका अलवा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि