जेठ ०१, २०८१, मंगलबार
               

दर्ता भएन संविधान संशोधन विधेयक

नेपाल फ्ल्यास
जेठ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनता पार्टीले गराउन खोजेको संविधान संशोधन प्रस्ताव विधेयक संघीय संसद सचिवालयमा दर्ता हुन सकेन । 

सरकारले नयाँ नक्सा सार्वजनिक गरी त्यसलाई औपचारिकता दिन संविधान संशोधन विधेयक दर्ता गराइ सर्वसहमतिले पारित गर्ने तयारी गरिरहेका बेला राजपाले संविधान संशोधन प्रस्ताव दर्ताका लागि लिएर गए पनि संघीय संसदले अध्ययन र परामर्शपछि मात्रै दर्ता गर्ने जवाफ दिएपछि सो प्रस्ताव दर्ता हुन नसकेको हो । 

सरकारले नयाँ नक्साअनुसार नेपालको निशान छाप संशोधनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि राजपा र समाजवादीले आफ्ना माग समाहित हुनुपर्ने भन्दै संविधान संशोधन प्रस्ताव दर्ताका लागि गएका थिए ।

संविधान संशोधन प्रस्ताव दर्ताका लागि नेताहरू महन्थ ठाकुर, महेन्द्रराय यादव, लक्ष्मणलाल कर्णलगायत संसद सचिवालय गएका थिए । 

राजपाका नेताहरुले आफूले दर्ता गरेको संविधान संशोधन प्रस्ताव र सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावसँगै पास हुनुपर्ने माग राख्दै आएका छन् ।  

आफ्ना माग सम्बोधन नगरे सरकारको संविधान संशोधन विधेयक पनि सहमतिमा पास नहुने उनीहरुले बताए । 

यो पनि