जेठ ०७, २०८१, सोमबार
               

प्रदेश २ का मुख्यमन्त्रीले पठाए केन्द्र सरकारलाई पत्र

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउँदै कोरोनाविरुद्धको लडाइका लागि विशेष आर्थिक प्याकेज घोषण गर्न आग्रह गरेका छन् । 

भारतबाट नेपाल भित्रिनेको संख्या दिनानुदिन बढ्दै गएकाले कोरोना संक्रमण बढ्ने खतरा रहेको उल्लेख गर्दै उनले केन्द्र सरकारसँग थप राहतका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गरेका हुन् ।

‘लकडाउन थपिँदै जाँदा प्रदेशको भौगोलिक अवस्था, जनसांख्यिक बनोट, मानवविकास सूचकांक र सामाजिक विकासको अवस्थासमेतका आधारमा प्रदेश सरकारले मात्र खाद्यान्नसहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण छ,’ मुख्यमन्त्री राउतद्वारा केन्द्र सरकारलाई लेखिएको पत्रमा भनिएको छ, ‘संघीय सरकारसँग ठोस कार्यक्रम ल्याउन आग्रह गर्छु ।’

योसँगै उनले संघ सरकारसँग यथाशीघ्र भिटिएम कीट, आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउनसमेत माग गरेका छन् ।

साथै, मुख्यमन्त्री राउतले प्रधानमन्त्रीलाई पठाएको पत्रमा भिटिएम कीटको अभावमा अपेक्षित परीक्षण गर्न नसकिएको उल्लेख गरेका छन् ।

वैदेशिक रोजगारीमा रहेका प्रदेशका करिब १० लाख युवा स्वदेश फिर्ता हुन सक्ने सम्भावना रहेको बताउँदै पत्रमा उनले प्रदेशमा युवा रोजगार कार्यक्रम, कृषि केन्द्रित विशेष योजनाका विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग पत्र आग्रह गरेका छन् । 

यो पनि