जेठ ०४, २०८१, शुक्रबार
               

कर्णाली प्रदेश सरकारको सार्वजनिक बिदाबारे निर्णय

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०७७ सालमा दिने  सार्वजनिक बिदाबारे निर्णय गरेको छ । 

कर्णाली प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

प्रदेशस्तरीय बैठकले सो निर्णय गरेसँगै विभिन्न सामाजिक तथा सांस्कृतिक पर्वमा दिने सार्वजनिक बिदाबारे तालिका पनि सार्वजनिक गरेको छ । 

सरकारले सार्वजनिक गरेको तालिकामा धान दिवस, साउने सक्रान्ति, देउडा पर्व, प्रदेश स्थापना दिवस, माघे सक्रान्ति, चैते दशैंलगायत चाडपर्व समेटिएको छ । 

यी पर्वलाई सरकारले सार्वजनिक बिदाका लागि स्वीकृत गरेको छ । 

बैठकले तिथिअनुसार दिइने अन्य महत्वपूर्ण चाडपर्वको सार्वजनिक बिदा भने आन्तारिक मामिला तथा कानुन मन्त्रालयले तत् तत् समयमा निर्णय गरी सार्वजनिक गर्ने जनाएको छ । 

प्रदेश सरकारले निर्णय गरी सार्वजनिक गरेको सार्वजनिक बिदालाई राजपत्रमा प्रकाशन पनि गरिने जनाइएको छ । 

यो पनि