बैशाख २२, २०८१, शनिबार
               

नेविसंघले मोदीलाई सीमा विवाद समाधानमा सहयोग पुग्ने दस्ताबेज पठाउन सुरु

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्यार्थी संघले भारतका उच्च पदस्थहरुलाई नेपाल–भारत सीमाना विवाद समाधानमा सहयोग पुग्ने दस्ताबेज पठाउने अभियान सुरु गरेको छ । 

विद्यार्थी संघले सोमबारबाट इमेलमार्फत भारतका प्रधानमन्त्री तथा प्रतिनिधि सभाका सांसद तथा उच्च पदस्थलाई यस्ता दस्ताबेज पठाउने अभियान सुरु गरेको हो ।

नेपालले पछिल्लो समय कालापानी, लिम्पियाधुरालगायत भूमि समेटिएको नक्सा सार्वजनिक गरेपछि सो नक्सालाई भारतले अस्वीकार गरेकाले सो भूमि नेपालकै भएको विश्वास दिलाउन नेविसंघले यस्तो कदम चालेको हो । 

नेपालले भारतसँग बारम्बार सीमा विवादबारे कुरा गरौँ भने पनि उसले विभिन्न बाहना गर्दै टार्दै आएको छ । 

तर, पछिल्लो समय सीमा विवादबारे नेपालका सबै राजनीतिक दल एक देखिएका छन् । 

यो पनि