काठमाडौं । समाजवादी र राजपा नेपालका नेता र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ ।
भेटमा उनीहरुले देउवासँग संविधान संशोधन गर्दा मधेसको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
राजपा र समाजवादीका नेताहरुले देउवासँग अनुसूची ३ बमोजिम संशोधनका लागि विधेयक संसद सचिवालयमा दर्ता गराएको स्मरण गराउँदै यही बेला आफूहरुले उठाउँदै आएको संविधान संशोधनको मागलाई सम्बोधनका लागि सघाउन अनुरोध गरेका छन् ।
उनीहरुको अनुरोधको जवाफमा पार्टी पदाधिकारीको बैठक राखेर छलफल गर्ने आश्वासन दिएको बताइएको छ ।