जेठ ०६, २०८१, आइतबार
               

सीमा अतिक्रमणविरुद्ध एक हुन आह्वान

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

काठमाडाैं । प्रध्यापक तथा बौद्धिक वर्गले सीमा अतिक्रमणविरुद्ध एक हुन आह्वान गरेका छन् । 

काठमाडौंमा रहेका प्रध्यापक तथा बौद्धिक वर्गले भारतद्वारा गरिएको सीमा अतिक्रमणसँगै विभिन्न पक्षबाट हुने हस्तक्षेपविरुद्ध सबै नेपाली एकजुट हुन आह्वान गरेका हुन् । 

सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा जयराज अवस्थीले सुदूरपश्चिम घर भई काठमाडाैंमा विभिन्न क्षेत्रमा संलग्न ३९ व्यक्तिले बिहीबार जारी गरेको विज्ञप्तिमा सन् २०१५ मा भारत र चीनबीच नेपाली भूमि लिपुलेक नाकाबाट सीमा व्यापार, धार्मिक यात्रा तथा अन्य सीमा सहयोग बढाउनका लागि भएको सम्झौता खारेजीसँगै कालापानी क्षेत्रबाट भारतीय सुरक्षाकर्मी फिर्ता गर्न माग गरेको जानकारी दिए । 

विज्ञप्तिमा वर्षौँदेखि भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित नेपालको नक्सा सार्वजनिक गरेकामा सो कदमको स्वागत गर्दै समाजले ऐतिहासिक तथ्य र सामग्रीका बाबजुद नेपालको सहमतिबिना चीन र भारतबीच कुनै पनि प्रकारको सन्धि, सम्झौता र सहमति हुनु अन्तर्राष्ट्रिय कानुन तथा अभ्यासविपरीतको कदम भएको जनाइएको छ ।

सरकारले कुनै पनि परिस्थितिबाट प्रभावित नभई सीमा अतिक्रमणको विषयलाई सम्मानजनक रूपमा द्विपक्षीय, बहुपक्षीय वा अन्य आवश्यक कूटनीतिक माध्यमबाट समस्याको समाधान पहिल्याउन सफल हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विज्ञप्तिमा चीन र भारतबीच सम्पन्न सन् २०१५ को सम्झौता खारेजी र अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रबाट भारतीय सीमा सुरक्षा बल यथाशीघ्र हट्ने वातावरण निर्माण गर्नसमेत माग गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि