जेठ ०६, २०८१, आइतबार
               

नेपालको संशोधित नक्शा अस्वीकार गर्ने भारतकाे प्रतिक्रिया

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालद्वारा आज जारी भएकाे राजनीतिक नक्शा  भारतले अस्वीकार गर्ने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो ।

आज विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति प्रकाशित गरी नेपालले भारतको समेत भूमि समावेश गरेर नक्शा जारी गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएका हुन् ।

श्रीवास्तवले नेपालले आज एकतर्फी रूपमा जारी गरेको नक्शा ऐतिहासिक तथ्यमा आधारित नभएको पनि बताएका छन् । र, यो कार्य सीमा विवादलाई द्विपक्षीय कूटनीतिक वार्ताका माध्यमद्वारा हल गर्ने पूर्व प्रतिवद्धताको पनि विपरीत भएको बताएका छन् । उसले भनेको छ, ‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ ।’

साथै सीमा मामिलाको समाधान गर्नका लागि नेपालको राजनीतिक नेतृत्वले सकारात्मक महोल बनाउने भारतले आशा राखेको पनि विज्ञप्तिमा छ। 


कस्तो लाग्यो ?

यो पनि