बैशाख २४, २०८१, सोमबार
               

संघीयता र संविधानअनुसार कृषि क्षेत्रमा पुन: स‌ंरचना गर्ने बेला भयो : भुसाल

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले संघीयता र संविधानअनुसार कृषि क्षेत्रमा पुनसंरचना गर्ने बेला आएको बताएका छन् । 

राष्ट्रिय सभामा बिउ बिजन दोस्रो संशोधन विधेयक–२०७५ माथि जवाफ दिँदै उनले प्रदेश र स्थानीय सरकारले नै रैथाने बिउ बालीको सूचीकरण गर्न सक्ने जानकारी दिए ।  

‘विधेयकमा थप छलफल गर्न सकिन्छ,’ उनले भने, ‘हामीले संघबाट नियम गर्ने अनि प्रदेश र स्थानीय सरकारले लागू गर्ने मर्मअनुसार, विधेयक ल्याएका छौँ ।’

साथै, उनले कृषि क्षेत्र बजारलाई छोडिदिंदा झनैं कमजोर भएको बताए । 

हिजो राजाको समयमा अर्कै व्यवस्था अपनाइएको बताउँदै उनले प्रजातन्त्रपछि सरकारले कृषि गर्दैन भन्ने मान्यताले यो क्षेत्र बजारलाई छाडिदिएको, यसलाई फर्केर हेर्दा यो क्षेत्र धेरै नराम्रो गरी खल्बलिएको उनले बताए । 

यसका अलवा कृषि क्षेत्रको सुधार गर्ने उपयुक्त समय आएको उनले बताए । मन्त्री भूसालले भने, ‘अहिले एउटा अवसर आएको छ । कृषिको पुनसंरचना भन्ने गरेको छु । यो अवसर र दायित्व पनि हो ।’

संविधानमा संघीयता र समाजवाद उल्लेख भएकाले त्यसैअनुसार, कृषि क्षेत्रको पनि पुनसंरचना खाचो रहेको मन्त्री भूसालले जानकारी दिए । 
सरकारले अगाडि बढाएको कानुनी व्यवस्थाले कमजोर मुलुकको कृषि व्यवस्था उकास्ने प्रयत्न गरेको उनले बताए । अहिले नेपालमा सूचीकृत भएको बिऊबालीका हिसाबले नेपाल कमजोर अवस्थामा रहेको समेत मन्त्री भुसालले बताए ।


कस्तो लाग्यो ?

यो पनि