जेठ ०७, २०८१, सोमबार
               

लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने सरकारकाे निर्णय

नेपाल फ्ल्यास
जेठ ०५, २०७७

ADVERTISEMENT

काठमाडाैं । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले लिम्पियधुरासहितकाे भूभाग समेटेर नेपालकाे नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेकाे छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेर तयार पारिएको नक्शा पारित गरेको भूमि व्यवस्था, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‌मा अर्यालले बताइन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्री अर्यालले नक्शा प्रस्तुत गरेकी थिइन्। 

 गत नोभेम्बरमा भारतले आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नाे क्षेत्रमा देखाएपछि नेपालमा त्यसकाे चर्को विरोध हुँदै आएकाे छ । साथै संसदीय समितिहरूले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

तर सरकारले कूटनीतिक नोट पठायो र सीमा विवादबारे परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न दुई पटक मिति प्रस्ताव गर्‍यो । तर भारतले सचिवस्तरीय संयन्त्रको बैठक टार्दै आएको छ ।

अहिले फेरि भारतले तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै बनाएको सडक उद्घाटन गर्‍यो । त्यसपछि फेरि दुई देशको सीमा विवाद सतहमा आएको हाे ।

जेठ २ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो । त्यसअनुसार भूमिसुधार मन्त्रालयले लगेको प्रस्तावमा निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

 

यो पनि