बैशाख २७, २०८१, बिहीबार
               

अनिल झाको आक्रोशः 'सरकारलाई ७-८ विघा जग्गा हामी दिन्छौं'

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद अनिल झाले कोरोना भाइरस (कोभिड–१९) बाट प्रदेश २ मा निकै गम्भीर समस्या निम्तिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

आइतबारको संसद बैठकमा बोल्दै सांसद झाले भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएको भन्दै यसले थप गम्भीर समस्या निम्तिन सक्ने उल्लेख गरे ।

सरकारले बेलैमा गम्भीर भएर सोच्न आवश्यक छ । कोरोनाको उपचारको लागि विशेष अस्पताल सरकारले निर्माण गर्नु आवश्यक छ । उनले भने । यदि सरकारसँग जग्गा छैन भने ७–८ विघा जग्गा हामी दिन तयार छौं । 

स्वर्गीय गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठानको नाममा जग्गा रहेको बताउँदै उनले सरकारलाई आवश्यक परेको खण्डमा अस्पताल निर्माणको लागि आफूहरु जग्गा दिन तयार रहेको उनले बताए । ३/४०० वेड क्षमताको कोरोना विशेष अस्पताल निर्माण गर्न उनले सरकारसमक्ष आग्रह गरे ।

लकडाउनका कारण भारतमा रोकिएका नेपाली नागरिलाई उचित व्यवस्थापन गरेर आफ्नो देशमा ल्याउन समेत उनले आग्रह गरेका छन् ।

नेपालीहरु लुकिछिपी नेपाल प्रवेश गर्दा झनै ठूलो जोखिम हुने भन्दै उनले उनीहरुलाई उचित व्यवस्थापनसहित नेपाल ल्याउनुपर्नेमा जोड दिए ।


कस्तो लाग्यो ?

यो पनि