बैशाख १७, २०८१, सोमबार
               

सीमा अतिक्रमणबारे चीनसँग पनि वार्ता गर्नुपर्छ : देउवा

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम समस्या समाधानमुखी नभएको आरोप प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले लगाएको छ ।

काँग्रेस सभापति एवं संसद्मा विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभामा नीति तथा कार्यक्रमबारे धारणा राख्दै कोरोना संक्रमणबाट आहत हुनेलाई राहतको व्यवस्था नगरेको तथा जनताले सरकार भएको अनुभूति नगरेको बताएका हुन् । महामारीको बहुआयामिक प्रभावबारे नीति तथा कार्यक्रम मौन रहेको आरोप लगाए ।

उनले सीमा अतिक्रमणबारे नीति तथा कार्यक्रम अपूर्ण रहेको बताए । उनले यो विषयमा चीनसँगसमेत वार्ता गर्नुपर्ने उल्लेख गरे । उनले सरकारको नीति तथा कार्यक्रममा काँग्रेसले संशोधन प्रस्ताव ल्याउने जानकारी पनि दिए ।

देउवाको सम्बोधनको मुख्य अंश :

  • सरकारलाई जनताको दुःखप्रति कुनै संवेदना छैन
  • एक वर्षीय नीति तथा कार्यक्रममा दश वर्षको योजना जस्तो
  • नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन पूर्ण विफल
  • चार महिनामा मात्र २६ हजारको परीक्षण हुनु दुखद
  • अझै आवश्यक सामग्री उपलब्ध नहुनु र राहतको व्यवस्था नहुनु सरकार भएको अनुभूति भएन
  • विदेश र नाकामा अलपत्र नागरिकलाई उद्धार हुन सकेन
  • सरकारका अघिल्ला दुई नीति तथा कार्यक्रम हेर्दा लाजमर्दो परिस्थिति हुन्छ
  • दुई वर्षअघिकै योजना र कार्यक्रम पुनरावृत्ति गरिएबाट कार्यान्वयन फितलो
  • औषधि खरिदमा मन्त्री नै संलग्न भएको घटनामा सरकारको भ्रष्टाचारविरुद्धको प्रतिबद्धता काम छैन
  • निर्मला पन्तका हत्यारा अझै पत्ता नलाग्दा न्यायप्रति आशा गर्न सकिएन ।
  • समस्या समाधानतर्फ नीति तथा कार्यक्रम उन्मुख छैन ।
  • सङ्घीयता कार्यान्वयनमा सरकार उदासीन ।
  • प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास भइरहेको छ ।
  • नेपाली भूमिबारे नीति तथा कार्यक्रम अपूर्ण छ । अतिक्रमणबारे चीनसँग समेत वार्ता गर्नुपर्छ ।

कस्तो लाग्यो ?

यो पनि