जेठ ०७, २०८१, सोमबार
               

नेकपा सचिवालयको सुझाव- ‘नक्सा सार्वजनिक गर्ने कुरा नीति तथा कार्यक्रममा समेटियोस्’

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा लिम्पियाधुरासहित भारतले मिचेको नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गर्ने कुरा समेट्न सदस्यहरुले सुझाव दिएका छन् ।

शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा अधिकांश सदस्यहरुले यस्तो सुझाव दिएका हुन् । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यहरुसँग नीति तथा कार्यक्रमको विषयमा सुझाव माग गरेका थिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा सुझाव लिन सचिवालय बैठक डाकिएको थियो । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बैठकमा भारतले मिचेको नेपाली भूमि समेटिएको नक्सा सार्वजनिक गर्ने कुरा नीति तथा कार्यक्रममा आउनु पर्ने सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टीका तर्फबाट प्रधानमन्त्रीज्युले सुझाव माग गर्नु भयो, हामीले केही महत्वपूर्ण सुझावहरु दिएका छौं ।’


कस्तो लाग्यो ?

यो पनि