बैशाख ३०, २०८१, आइतबार
               

बालुवाटारमा सर्वदलीय बैठक जारी

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीसहितका नेताहरूलाई बोलाएर राखेको सर्वदलीय बैठक जारी छ। 

नेपाली भूमि लिपुलेकमा भारतले गरेको सडक निर्माण, कोभिड-१९ को संक्रमण लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

बैठकमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका महन्थ ठाकुर, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता र मन्त्रीपरिषद्का केही सदस्य सहभागी छन्।  

बैठक साढे ४ बजे सुरु भएको हो। बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ। 


कस्तो लाग्यो ?

यो पनि