जेठ ०३, २०८१, बिहीबार
               

सरकारको कामकारवाहीप्रति पूर्वपरराष्ट्रमन्त्री थापाको आपत्ति

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । सीमा विवादमा सरकारले हिजो मंगलबार भारतीय राजदूतसँग गरेको व्यवहारप्रति पूर्वपरराष्ट्रमन्त्री कमल थापाले आपत्ति जनाएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार भारतीय राजदूत विजय मोहन क्वात्रालाई बोलाएर सीमा अतिक्रमणबारे कूटनीतिक नोट दिएका थिए । त्यसपछि भारतीय राजदूत क्वात्राले त्यसबारे भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस नोट मन्त्री ज्ञवालीलाई दिएका थिए ।

राप्रपा अध्यक्षसमेत रहेका पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्री थापाले भारतीय राजदूतबाट विज्ञप्ति बुझेकोमा सरकारप्रति असहमति जनाएका हुन् । उनले आज बुधबार सामाजिक सञ्जालमार्फत राजदूतबाट विज्ञप्ति बुझेकोमा आपत्ति जनाएका हुन् ।

पछिल्ला दिनमा अध्यक्ष थापा सरकारको कामकारवाहीप्रति आक्रामक बन्दै गएका छन् । उनले आज बुधबार नै सामाजिक सञ्जालमार्फत कोरोना संक्रमणविरुद्ध सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि