जेठ ०७, २०८१, सोमबार
               

यसकारण अचानक स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार बिहान ११ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक अचानक स्थगित भएको छ । 

बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएको नेकपा सचिवालयले जानकारी गराएको छ ।

भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण बैठक स्थगित गरिएको हो ।

मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी रहेको खुल्न आएको छ ।

नेकपाको अर्को बैठकको मिति तय भएको छैन ।

यो पनि