जेठ ०७, २०८१, सोमबार
               

नेकपाले स्थायी कमिटी बैठक बोलायो

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक डाकेको छ । पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार भोलि बुधबार नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा बिहान ११ बजे बैठक बोलाएको जानकारी गराए । यो पार्टी एकतापछिको तेस्रो बैठक हो । 

यसअघि वैशाख २४ गते बसेको सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा दिएको थियो । 

पार्टी कार्यालय सचिव रिजालले दुई अध्यक्षले कार्यसूची तय गरेपछि बैठक बस्न लागेको जानकारी दिए । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारको गतिविधि, नीति तथा कार्यक्रम, बजेट र पार्टीका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका छन्  


कस्तो लाग्यो ?

यो पनि