जेठ ०६, २०८१, आइतबार
               

भूमि अतिक्रमणः सांसदहरूको प्रश्नमा परराष्ट्रमन्त्रीको यस्तो जवाफ

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि अतिक्रमण गरेर बनाएको सडकबारे सरकारलाई पूर्वजानकारी रहेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले भारतले नेपाली भूमिमा सडक बनाएकोबारे सरकारलाई जानकारी थियो कि थिएन ? जानकारी थियो भने अहिलेसम्म सरकारले के गर्‍यो भनेर प्रश्न गरेका थिए ।

जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले सडक निर्माणबारे सरकारलाई थाहा भएको बताएका हुन् ।

भारतले उक्त सडक बनाउने निर्णय सन् २००५ मा गरेको थियो भने २००८ मा निर्माण थालेको थियो । त्यसले नयाँ गति भने २०१४ मा लिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

सीमा समस्या समाधानका नेपाल सरकारले पटक पटक प्रयास गर्दै आएको उनले जानकारी दिए ।

भारतसँग वार्ताको मिति प्रस्ताव गरेको र जुनसुकै तहमा ट्रयाक, ट्रयाक १.५ वा ट्रयाक २ जुनसुकै लेभलमा कुरा गर्न हामी तयार रहेको बताउँदै आयौं’ उनले भने, ‘केही अनौपचारिक कुराकानी नभएका पनि होइनन् । सामान्यतया फेब्रुअरीको अन्त्यतिर बैठक बस्न सक्ने दिशातिर छलफल अगाडि बढेका थिए ।’

तर कोरोनाको महामारीसँगै सबैको ध्यान यतातिर केन्द्रित भएको र बैठक हुन नसकेको उनले बताए । 

परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाटै गर्न सकिन्छ भन्नेमा सरकार दृढ रहेको समेत बताए ।


कस्तो लाग्यो ?

यो पनि