बैशाख १५, २०८१, शनिबार
               

भारतले एकपक्षीय रुपमा लिपुलेक हुँदै सडक सञ्चालनमा ल्यायो

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतले धार्चुलादेखि नेपाली भूभाग लिपुलेकसम्म एक पक्षीय रुपमा सडक निर्माण गरी सञ्चालनमा ल्याएको छ। 

भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोबर यात्राका लागि नयाँ बाटो (धार्चुला–लिपुलेक लिंक रोड) खोलेको हो । 

शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत सो सडक उद्घाटन (आवागमन आरम्भ) गरेका छन् ।

भारतीय रक्षामन्त्री सिंहले ट्विटरमा लेखेका छन्, ‘मानसरोवर यात्राको लिंक रोड उद्घाटन गर्न पाउँदा खुशी लागेको छ। बीआरओ (बोर्डर रोड अर्गनाइनेसन) धार्चुलादेखि लिपुलेक (चीन सीमा) कैलाश मानसरोवर यात्रा रुटको रुपमा चिनिन्छ,’ उनले अगाडि लेखेका छन्, ‘पिथौरागढदेखि गुन्जीसम्म जाने मोटरहरुको समूहलाई विदाई गर्दै सो रुटको उद्घाटन गरेको छु।’

गत कात्तिकमा भारत सरकारले जारी गरेको नयाँ नक्सामा कालापानीसहित लिपुलेक र लिम्पीयाधुरासहित नेपाली भूभागलाई समेटेर आफ्नो नक्सामा पारेपछि त्यस विषयमा ठूलो विवाद भएको थियो।

नेपालले सो सीमासम्बन्धी विषयलाई समाधान गर्न वार्ताको प्रस्ताव गरे पनि भारतले चासो देखाएको छैन। संवादमार्फत् समाधान गर्ने भने पनि हालसम्म वार्ता हुन सकेको छैन।


कस्तो लाग्यो ?

यो पनि