जेठ ०६, २०८१, आइतबार
               

बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद अधिवेशनको सुरुवातको दिन नै प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ ।

नवगठित जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीलाई राजीनामा गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीको उमेर पनि भएको र रोगले शरीर पनि जीर्ण भएको भन्दै राजीनामा गर्न उचित हुने उनले बताए ।

भट्टराईले भने- 'प्रधानमन्त्री जुन उचाइमा पुग्नु भएको छ । त्यही उचाइमा रहुनुहोस् । तपाईँ आफैँमाथि पनि पनि अन्याय भएको छ । तपाईँ रोगले जीर्ण भएको शरीरलाई तपाईँले आराम दिनुपर्छ । र यो लोकतन्त्रलाई बचाएर तपाईँ आफ्नै छविलाई बचाएर अगाडि बढ्न तपाईँले राजीनामा दिनु नै उपयुक्त हुन्छ ।'

उनले प्रधानमन्त्रीको राजीनामा नै अहिलेको निकास भएको र त्यसैले समाज तथा देशलाई अघि बढाउने तर्क गरे । उनले ओलीको राजीनामाले नै लोकतन्त्र सुनिश्चित हुने र देशले नयाँ दिशा पक्रन सक्ने बताए ।

कुर्सीमा बस्नुमात्र ठुलो नहुने भन्दै नेपालमा आफूसहित ३८ जना जति प्रधानमन्त्री भएको तर वीपी कोइरालासहित एकाधलाई मात्र मानिसले सम्झने गरेको दृष्टान्त पनि दिए । उनले भारतमा महात्मा गान्धी कहिल्यै पदमा नबसे पनि उनैको सम्झना गरिने स्मरण गराए । त्यसैगरी नेपालमै गौतम बुद्ध युवराज भए पनि गद्दी छोडेर हिँडेको र अहिलेसम्म उनको नाम आइरहेको तर राजा भएर पनि  उनका बुबाको नाम कमैलाई याद हुने गरेको तर्क गर्दै प्रधानमन्त्री ओलीले पनि कुर्सी छोड्न नै उचित हुने बताए ।

यो पनि