जेठ ०६, २०८१, आइतबार
               

लोकतन्त्रमाथि सरकारबाटै खतरा : देउवा

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदमा विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकार नै लोकतन्त्रको खिलाफमा लागेको आरोप लगाएका छन् ।

संसद अधिवेशनको सुरुवातका अवसरमा विशेष सम्बोधन गर्दै सभापति देउवाले संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन् ।

देउवाले सांसदको अपहरण हुनु र त्यसमा सरकारकै संलग्नता देखिएको भन्दै ओली सरकारप्रति कटाक्ष गरेका थिए । उनले अपहरणमा संलग्न जो कोही भए पनि कारवाही गर्न माग गरेका थिए ।

कोरोना संक्रमणले विश्व आजित भइरहेको बेला नेपालमा भने औषधि खरिदमा अनियमितता हुनु दुखद् र खेदजनक भएको टिप्पणी उनले गरे ।

कोरोना संक्रमणका बेला गरिव तथा विपन्नलाई राहत पनि नदिने र आफ्नो घर फर्कन पनि अवरोध पुर्‍याएर सरकारले उनीहरूलाई चेपुवामा पारेको आरोप देउवाले लगाए ।

उनले अहिलेसम्म पर्याप्तमात्रामा स्वास्थ्य सामग्रीको व्यवस्था नगर्नुलाई सरकारको नालायकी भएको बताए ।

 


कस्तो लाग्यो ?

यो पनि