जेठ ०८, २०८१, मंगलबार
               

दुई अध्यादेश खारेजीपछि पुरानै जगाउने अध्यादेश संसदमा प्रस्तुत

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । सरकारले जारी गरेर संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएपछि पुरानै कानुन ब्युताउने गरी ल्याएको अध्यादेश संसदमा प्रस्तुत गरेको छ ।

ती दुई अध्यादेश गृहमन्त्री रामबहादुर थापा र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा प्रस्तुत गरेका हुन् ।

सरकारले विवादास्पद अध्यादेश ल्याएपछि त्यसलाई फिर्ता लिएको थियो । फिर्ता लिए पनि पुरानो कानुन नब्युतिने भएपछि ब्युताउनका लागि अध्यादेश जारी गरिएको थियो । ब्युताउने गरी जारी गरिएको अध्यादेशबारे स्पष्ट जानकारी गराइएको थिएन ।


कस्तो लाग्यो ?

यो पनि