काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शुक्रबार छलफल भएकाे छ ।
शुक्रबार अपरान्ह ४ बजेदेखि सुरु हुन लागेको संघीय संसदको छैंठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा राष्ट्रपति र सभामुखबीच छलफल भएको हाे।
सभामुख सापकोटाले राष्ट्रपति भण्डारीलाई संसदका बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए ।