काठमाडौं । राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदसहित ४४० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
बिहीबार पीसीआर विधिमार्फत कोरोनाको परीक्षण गराएका राष्ट्रिय सभाका ४५ र प्रतिनिधिसभाका १ सय ७९ गरी २ सय २४ जना सांसद र अन्य कर्मचारीकाे रिपोर्ट नेगेटिभ आएकाे हाे ।
सबैको रिपोर्ट नेगेटिभ आएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिएका छन् । शुक्रबार नमुना सङ्कलन गरिएकाे सांसदहरूकाे रिपोर्ट बेलुका मात्र आउने छ ।