जेठ ०५, २०८१, शनिबार
               

नेकपा स्थायी कमिटी बैठक बिहीबार नबस्ने !

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका कारण नेकपाको भोलि बिहीबार बस्ने भनिएको स्थायी कमिटीको बैठक बस्ने संभावना लगभग सकिएको छ ।

अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई 'हतार छैन, केही दिनपछि बैठक गरौँला' भन्ने जवाफ दिएपछि बैठकको संभावना सकिएको हो ।

स्थायी कमिटीको एजेन्डा तय गर्न बुधबार बसेको बैठकबाट एकाएक उठेर हिँडेपछि सचिवालय बैठक पनि त्यसबारे निर्णय नगरी स्थगित भएको थियो ।

त्यसपछि बैठक कक्षमा नछिरेका प्रधानमन्त्रीसँग प्रचण्डले सचिवालय बैठक स्थगित भएपछि कुराकानी गरेका थिए । कुराकानीमा ओलीले स्थायी कमिटी बैठक भोलि बिहीबार नबस्ने बताएपछि त्यसको संभावना लगभग टुंगिएको हो ।

यो पनि