जेठ ०७, २०८१, सोमबार
               

नेकपा स्थायी कमिटी बैठक अनिश्चित

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सचिवालय बैठकबाट आक्रोशित हुँदै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएपछि नेकपाको भोलि बिहीबार बस्ने भनिएकाे स्थायी कमिटी बैठक अन्योलमा परेको छ ।

एक व्यक्ति एक मुख्य जिम्मेवारीको माग नेता माधवकुमार नेपाललगायतले गरेपछि ओली थाकेँ भन्दै बैठक कक्षबाट बाहिरिएका थिए । यसपछि स्थायी कमिटीको बैठकको एजेन्डा तय हुन सकेन ।

सचिवालय बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बैठकमा २० गते भएको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरूलाई गराएका थिए । त्यसैले स्थायी कमिटीको बैठक अनिश्चयमा परेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठकबारे दुई अध्यक्षले निर्णय गर्ने छन् ।

यता स्थायी कमिटीको बैठक बिहीबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने प्रचार प्रचण्ड पक्षधर नेताहरूले गरे पनि अहिलेसम्म बैठक तय नभएको जानकारी नेताहरूले दिएका छन् ।

 

 


कस्तो लाग्यो ?

यो पनि